भाइरसका कारण कम्प्युटरमा समस्या खेपिरहनु भएको छ भने केही सावधानी अपनाउँदा ती समस्यालाई टाढै राख्न सकिन्छ।
खराब सफ्टवेयरलाई कम्प्युटरमा छिर्न रोक्न सक्ने हो भने कम्प्युटरमा एन्टिभाइरस नभए पनि केही असर पर्दैन।
हामीले प्रयोग गर्ने सबै ब्राउजरमा सुरक्षाका उपायहरु समेटिएका हुन्छ
जस्तो कि एन्टी फिसिङ फिल्टर। यस्ता \’फिचर\’ उपयोग गर्नाले ठूला समस्या सजिलै समाधान हुन्छन्।
यद्यपी तपाँईको कम्प्युटरमा एन्टिभाइरस हुनु राम्रो हो, यदि तपाँई धेरै इन्टरनेट चलउनु हुन्छ या पेन ड्राइभहरु धेरै प्रयोग गर्नुहुन्छ भने। तर एउटा एन्टिभाइरसले सबैखाले भाइरसलाई निस्तेज पार्न सक्दैन, अनि सबै खाले एन्टिभाइरस राख्न पनि सकिन्न। एक त सबैखाले एन्टिभाइरस राख्दा कम्प्युटर स्लो हुन्छ अर्कोतर्फ त्यसले खर्च पनि बढाउँछ। त्यसैले एन्टिभाइरस भन्दा पनि भाइरसलाई प्रवेश निषेध गराउने उपाय लिनु पर्छ।
भाइरस रोक्ने हो भने पाइरेटेड सफ्टवेयरको प्रयोग गर्नु हुन्न। किनभने सक्कली सफ्टवेयर कम्पनीहरुले कुनै पनि प्रोग्राम अपडेट गर्दा जोखिम मोल्नुपर्ने हुन्न। नक्कली सफ्टवेयर प्रयोग गर्नेले त्यसलाई अपडेट गर्दा विभिन्न वेवसाइट चहार्ने गर्छन जसबाट भाइरस छिर्ने सम्भावना धेरै हुन्छ।
एन्टिभाइरसविनाको कम्प्युटर भनेको अन डिमान्ड स्क्यानिङ सुविधा नभएको कम्प्युटर भन्ने बुझिन्छ। त्यसैले अनलाइनबाट कुनै पनि फाइल डाउनलोड गर्दा त्यसमा भाइरस छ कि छैन भन्ने थाहा पाउन सकिन्न। त्यसले कुनै पनि फाइल डाउनलोड गर्दा त्यसमा भाइरस छिर्ने सम्भावना केलाउनुपर्छ।
ठूलो एन्टिभाइरस सफ्टवेयर नभएको अवस्थामा अनलाइनमा उपलव्ध निशुल्क अनलाइन भाइरस एन्ड स्पेवेयर स्क्यानिङ टूल प्रयोग गर्न सकिन्छ। जस्तो कि
www.houseshell.com , www.trendmicro.com
या www.eset.com/onlinescan
जस्ता निशुल्क अनलाइन एन्टिभाइरस साइटहरु चलाउन सकिन्छ। यस्ता अनलाइनले कम्प्युटरबाट भाइरस क्लिन गर्ने भन्दा पनि भाइरसबाट कति प्रभावित भएको छ भन्ने जानकारी दिन्छ।
तपाँईले नचिनेको ठेगाना वा नामबाट आएका इमेलहरु सोझै डिलिट गर्ने हो भने पनि सम्भावित खतराबाट जोगाउन सकिन्छ। त्यस्तै पेन ड्राइभहरुको प्रयोग गर्दा सावधानी अपनाउनु वेस हुन्छ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment
If there any question and queries in your mind related to our content then comment on below comment box.